नेप्से राताम्मे, कारोबार रकम पनि घट्यो
काठमाडौं, २२ भदौ । यस साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा राताम्मे भएको छ भने कारोबार रकम पनि घट्यो
घटेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले बढी हो ।
बुधबार २२४ कम्पनीको २९ लाख ४३ हजार बढी कित्ता शेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १.७० अंकले घटेर ३७७.३८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार घटेको छ भने म्यूचलफण्ड तर्फका समूहको कारोबार बढेको छ । आज सबै भन्दा धेरै व्यापार समूहका कम्पनीको कारोबार ४६.७७ घटेको छ ।