Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पोखरा फाइनान्सको बोनस र नगद लाभांश स्विकृत

पोखरा फाइनान्सको बोनस र नगद लाभांश स्विकृत

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सले प्रस्ताव गरेको नगद र बोनस लाभांशलाई स्विकृती दिएको छ । फाइनान्सले ६ करोड २२ लाख ९३ हजार ३४९ रुपैयाँ बोनस शेयर र ३२ लाख ७८ हजार ५९७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

फाइनान्सले प्रस्ताव गरेको ६ करोड २२ लाख ९३ हजार ३४९ रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल ७५ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यस अघि फाइनान्सले १५ प्रतिशत हकप्रद शेयर पुँजीकरण गरेर ७५ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो ।

फाइनान्सले आगामी वार्षिक साधारण सभाबाट प्रस्तावित बोनस शेयर पारित गरि वितरण गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x