नेप्से ओरालो तर्फ, ४.३१ अंकले घट्यो नेप्से
काठमाडौ., ८ जेठ । मंगलबार पनि शेयर बजारमा गिरावट भएको छ । यो गिरावटसंगै नेप्से परिसुचक ४.३१ अंकले घटेर १३३२.८२ विन्दुमा पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले पुँजीबजारलाई चलयमान बनाउन आन्तरिक पुँजीको परिचालन गर्ने जनाएको छ । यस्तै पुँजीबजार विकासको लागि शेयर दलाल व्यवसायीमार्फत मार्जिन लेन्डिङको व्यवस्था र यसै महिनाबाट अनलाईन कारोबार प्रणालीको शुरुवात गर्ने भनिएता पनि लगानीकर्ताहरुमा भने शेयर बजार प्रति विश्वासिलो बन्न नसकेको देखाएको छ । जुन कुरालाई पुष्टि गर्न शेयर बजारको अहिलेको अवस्थाले गर्दछ ।
मंगलबार शेयर बजारमा गिरावट आए पनि शेयर कारोबार रकममा भने सुधार देखिएको छ । कुल १६० कम्पनीहरुको १ लाख ४७ हजार ८४३ कित्ता शेयरको किनबेचबाट ५३ करोड ८ लाख ६९ हजार ३८९ रुपैयाँको कारोबार भएको छ ।