Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जनअपेक्षा संवोधन गर्दै समाजवाद उन्मुख बजेट आउछ – प्रधानमन्त्री

जनअपेक्षा संवोधन गर्दै समाजवाद उन्मुख बजेट आउछ – प्रधानमन्त्री

काठमाडौं,जेठ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अपेक्षालाइ संवोधन गर्दै प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताउनुभएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताउनुभयो ।  प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिनुभयो ।प्रधानमन्त्रीले आफ्नो दलसँग बहुमत प्राप्त सरकार रहेको  र त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय  गर्न सक्ने तर्फ  सरकार सचेत रहेको बताउनु भयो ।

बैठकमा नेकपाका अध्यक्ष पु्ष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह गर्नुभयो । करीब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

संसदीय दलको विधान निर्माण गर्न कार्यदल गठन

बैठकले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न नेता भीम रावलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलमा सांसदहरुमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् । सो कार्यदलले १५ दिनभित्र विधान मस्यौदा प्रस्तुत गर्ने समय दिइएको छ । पार्टीको विधान तयार भएपछि मात्र संसदीय दलको उपनेता प्रमुख सचेतक सचेतक लगायतका पदाधिकारी चयन गरिने नेकपा सांसद खगराज अधिकारीले जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x