Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बुटवल पावरले ४४ करोड नगद लाभांश वितरण गर्ने

बुटवल पावरले ४४ करोड नगद लाभांश वितरण गर्ने

काठमाडौं, जेठ ८ । बुटवल पावर कम्पनी (बिपिसी) ले आफ्ना शेयरधनीलाई करीब रु ४४ करोड नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले केही समय पहिले एफपिओ बिक्री गरेपछि चुक्ता पुँजी रु दुई अर्ब २१ करोड पुगेको छ । कम्पनीमा ८८ हजार शेयरधनी छन् । कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा रु ६६ करोड ८० लाख मुनाफा कमाएको थियो । उक्त मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले मनाङमा ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी र २८२ मेगावाटको मनाङ–मस्र्याङदी निर्माण गने तयारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x