Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

व्यवसायीकै चासोको कमीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलनबाट कार्गो नियात सुस्त

व्यवसायीकै चासोको कमीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलनबाट कार्गो नियात सुस्त

काठमाडौं, २६ भदौ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यवसायीकै चासोको कमीका कारण कार्गो निर्यात सुस्त रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीले चासो नदिँदा निर्यातका लागि सदुपयोग नसकेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली उत्पादन बाहिर निर्यात भइरहे पनि भैरहवा विमानस्थल भने सुनसान छ ।

निर्यातका लागि सम्भावना रहेको विमानस्थलको समुचित प्रयोगका लागि यहाँका निजी क्षेत्रले चासो नदिएको नेपाल फ्रेट फरवर्डस एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी बताए । ‘सधैं काठमाडौंकै व्यवसायी आएर यहाँको विमानस्थल धान्ने हैन । यसका लागि यहीँका निजी क्षेत्र लाग्नुपर्छ,’ उनले भने ।

रुपन्देही हरियो तरकारी र माछाका लागि उर्वर भूमि हो । यो विमानस्थलबाट जडीबुटी, कफी, चाउचाउ, मैदालगायत सामग्री निर्यात गर्न सकिने उनले बताए ।
‘निर्यातजन्य वस्तुको पहिचान गरी यसको उत्पादनमा जोड दिनुपर्छ, यसको सहजीकरणका लागि नेफा तयार छ,’ अधिकारीले भने ।

तत्कालका लागि अस्थायीरुपमा दैनिक चार–पाँच सय टन सामग्री आयातनिर्यात गर्न सकिने संरचना तयार भएको छ । नजिकको विमानस्थल छाडेर अहिले पनि यस क्षेत्रका व्यवसायीले आफ्नो उत्पादन विदेश निर्यात गर्दा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x