साताको पहिलो दिन नै शेयर बजारमा ३४ अंकको ह्रास

काठमाडौं, २ असोज । यस साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार करिब ३४ अंकले घटेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ३३.९७ अंक अर्थात् १.७८ प्रतिशतले घटेर १८७६.४१ अंकमा आइपुगेको छ ।

यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक घट्नेमा जलविद्युत् समूह रहेको छ ।

आइतवार २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोड १८ लाख लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *