Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरता एवं घरदैलो कार्यक्रम सम्पन्न

गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरता एवं घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं, ४ असोज । गरिमा विकास बैंकले संविधान दिवसको दिन सोमवार आफ्ना सबै १२० शाखा कार्यालय र १ एक्स्टेन्सन काउण्टरबाट वित्तीय साक्षरता एवं घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत नेपालभर करीब ५० हजार ग्राहकलाई विभिन्न बैकिङ्ग सेवा प्रदान गरिएको बताइएको छ ।
आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको बैंकले बताएको छ । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकलाई घरआँगनमै बैंक खाता खोलिएको थियो ।
हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x