Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विश्व अर्थतन्त्रको वृद्धि २.८ प्रतिशत मात्र रहने प्रक्षेपण

विश्व अर्थतन्त्रको वृद्धि २.८ प्रतिशत मात्र रहने प्रक्षेपण

काठमाडौं, ४ असोज । सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो गिरावट आइरहेको भन्दै विश्व बैङ्कले विश्वव्यापी आर्थिक वृद्धि यस वर्ष २.८ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ । बैङ्कको एक अध्ययन प्रतिवेदनले विश्वव्यापी तीव्र मुद्रास्फीति र कसिलो वित्तीय अवस्थाअनुसार विश्व आर्थिक मन्दीको जोखिमको मुखमा पुगेको दाबी गरेको छ ।

विकासोन्मुख मुलुकमा पनि खतरापूर्ण अवस्था रहेकाले विश्व बैङ्कले आर्थिक मन्दी सन्निकट रहेको आकलन गरिएको छ । सन् २०२२ को जनवरीमा विश्वव्यापी आर्थिक वृद्धि यो वर्षका लागि ४.१ प्रतिशत र सन् २०२३ मा ३.३ प्रतिशत रहने प्रक्षेपण थियो । तर गत अगस्टमा पूर्वानुमान गर्दा सन् २०२२ मा २.८ प्रतिशत मात्र र २०२३ मा २.३ प्रतिशत मात्र हुने आकलन छ ।

प्रतिवेदनअनुसार ९० प्रतिशत सम्पन्न भनिएका मुलुक र ८० प्रतिशत विकासोन्मुख मुलकको आर्थिक वृद्धि प्रक्षेपणमा तीव्र गिरावट रहेको विश्व बैङ्कले जनाएको छ । बिन्दुगत हिसाबमा पनि सम्पन्न राष्ट्रको समूहमै ठूलो गिरावट देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x