Shangrila

नेप्से राताम्मे, ३८.८१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ४ असोज । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशतले बढी हो ।

मंगलबार २३१ कम्पनीको ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ७ अंकले घटेर ३५८.८७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.९१ प्रतिशतले घटेको हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ भने आज सबै भन्दा धेरै जीवन बिमा समूहका कम्पनीको कारोबार घटेको छ ।

 

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *