Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एशिया र प्रशान्त क्षेत्रमा खाद्य संकट घटाउन एडीबीले १४ अर्ब डलर उपलब्ध गराउने

काठमाडौं, ११ असोज । एसियाली विकास बैंक (एडीबी)ले एशिया र प्रशान्त क्षेत्रमा बिग्रँदै गएको खाद्य संकटलाई कम गर्न र खाद्य प्रणालीलाई बलियो बनाउन १४ अर्ब डलर उपलब्ध गराउने भएको छ । दीर्घकालीन खाद्य सुरक्षा सुधार गर्न सहयोगको बृहत् कार्यक्रममा सन् २०२२–२०२५ मा एडीबीले उक्त रकम खर्चने घोषणा गरेको हो ।

एडीबीको उक्त सहयोग रकम जलवायु परिवर्तनको असर र जैविक विविधताको हानिविरुद्धको अभियानमा खर्च हुनेछ ।

उक्त सहायताले यस क्षेत्रको खाद्य सुरक्षाको लागि महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । कृषि सामग्री, खाद्य उत्पादन र वितरण, सामाजिक सुरक्षा, सिँचाइ, र जलस्रोत व्यवस्थापन, साथै प्रकृतिमा आधारित समाधानहरूको लाभ उठाउने परियोजनाहरू लगायतका क्षेत्रहरूमा विद्यमान र नयाँ परियोजनाहरू मार्फत कोष प्रवाह गरिने एडीबीले बताएको छ । ऊर्जा संक्रमण, यातायात, ग्रामीण वित्तमा पहुँच, वातावरणीय व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता खाद्य सुरक्षामा योगदान पु¥याउने अन्य गतिविधिहरूमा पनि लगानी जारी राख्ने एडीबीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x