नेप्से परिसूचक १५.९२ अंकले उकालो
काठमाडौं, ११ असोज । साताको तेस्रो दिन शेयर कारोबार उकालो लागेको छ । मंगलबार नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ६६ करोड ३० लाख १३ हजार रुपैयाँको शेयर कारोबारमा २१ लाख ७ हजार ७ सय ४२ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये ११ समूहका कम्पनीको कारोबार बढेको छ भने २ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ५१.८६ अंकले विकास बैंक समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।