जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स मर्जर प्रस्ताव पारित
काठमाडौं, १२ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा असोज ११ गते मंगलबार सम्पन्न गरेको छ ।
विशेष साधारण सभाले जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।
साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको जानकारी गराइएको छ ।