Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सहज बन्दै रसुवागढी नाका

सहज बन्दै रसुवागढी नाका

काठमाडौं, १२ असोज । चीनसँगको उत्तरी नाका रसुवागढीबाट आयात सहज बन्दै गएको छ । पछिल्लो समय यस नाकाबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट १५८ वटा कन्टेनरहरू नेपाल भित्रिएका छन् ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीका रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीलाई छिटोभन्दा छिटो काठमाडौँ पठाउन भन्सार परीक्षण द्रुतरुपमा अघि बढेको छ ।

भित्रिएका सबै कन्टेनरहरूलाई भन्सार प्रक्रिया पुरा गरी काठमाडौँ पठाउने तयारी गरेको उनले बताए । चीनतर्फको निर्यात भने शून्य छ । चीनको शून्य कोभिड नीति लिएका निर्यातमा समस्या भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भण्डारीले बताए ।

भन्सार नाकामा चिनियाँ पक्षले केही सुरक्षाकर्मीहरू बोलाएर कन्टेनरहरू नेपाल प्रवेश गर्न दिएको छ । चीनतर्फ रोकिएका कन्टेनरहरू असोज १ गतेदेखि नाका खुल्ला भएपछि कन्टेनर लगातार आइरहेका छन् । अहिले रोकिएका कन्टेनरहरू सबै नेपाल छिरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x