Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

ट्राफिक प्रहरी रबिन्द्रकुमार यादबको ठगि धन्दा

ट्राफिक प्रहरी रबिन्द्रकुमार यादबको ठगि धन्दा

 

काठमाडौं, १२ असोज । काठमाडौं महानगरपालिका वडा न १० बिजुली बजार क्षेत्रमा ट्राफिक प्रहरी जवान रबिन्द्र कुमार यादबले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकि प्रहरी नायब महानिरीक्षक मीरा चौधरीको नाममा (घुस) रकम असुली गर्न थालेका छन ।

उनले नयाँ बानेश्वोर , धोबीखोला किनारमा रहेका होटेलहरुबाट रकम असुली गर्न थालेका हुन्। गाडी लक् र फलामको साङ्लो लिएर हिडने ट्राफिक प्रहरी जवान रबिन्द्र कुमार यादबले गाडी र मोटर साइकलमा लक् लगाएपछि सम्झाई बुझाइ गरेको जस्तो गर्दै गाडी र मोटर साइकल नम्बर डायरीमा टिप्ने र रु २०० देखि रु ५०० घुस लिएर लक् खोलि दिने गर्दछन । यो संगै ट्राफिक प्रहरी जवान रबिन्द्र कुमार यादबले आफुले खोला किनारमा पार्किङ्ग गर्न दिएकोले दशैको बेला सहयोग गर्नु पर्ने अन्यथा एक मिनेट पनि पार्किंग गर्न नदिने भन्दै त्यस क्षेत्रका पसल र होटलहरुसंग रकम माग गर्ने गर्दछन ।

उनले यसरी उठाएको रकममाथिसम्म पुर्याउनु पर्ने भन्दै आफु काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयकि प्रहरी नायब महानिरीक्षक मीरा चौधरीको नजिकको मानिस भएकोले उजुरबाजुर गरे राम्रो नहुने भन्दै धम्क्याउदै आएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x