Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि बोर्डमा निवेदन आव्हान

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि बोर्डमा निवेदन आव्हान

 

काठमाडौं, १२ असोज । नेपाल धितोपत्र बोर्डद्धारा यहि असोज २ मा प्रकाशित गरिएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि बोर्डमा निवेदन दिने सम्बन्धी सूचना अनुसार सिफारिस लिन चाहनेहरुले धितोपत्र बोर्डबाट सिफारिस गर्न लागेको हुँदा ईच्छुक आवेदकहरुबाट शसर्त आवेदनका लागि आव्हान गरेको छ ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधी सहितको क्षमता युक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्ने तथा स्थापित बास्तविक क्षेत्रका सङ्गठित संस्थाहरुलाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न उद्देश्य रहेको बताइएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापना गर्नु अघि बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था अनुसार सिफारिस लिन चाहनेहरुका लागि धितोपत्र बोर्डबाट सिफारिस गर्न लागिएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिम ईच्छुक आवेदकहरुबाट शसर्त आवेदनका लागि आव्हान गरेको हो ।

यसरी वस्तु विनिमय बजार सञ्तालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने छ ।

निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू जस्तै कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन आदी तयारीका लागि नबिल इन्भेष्टमेण्ट बैकिगं लिमिटेडले पूर्ण सहयोग गर्ने भएको छ । आफ्नो संस्थागत परापर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण, जनशक्ति व्यवस्थापन निर्देशिक, सहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसका लागि सो सेवा लिन चाहने व्यक्ति तथा संस्थाहरूले नबिल इन्भेष्टमेण्ट बैंकिंग लि. को संस्थागत परामर्श सेवा विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x