Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

डलरको मूल्य हालसम्मकै उच्च

डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं, २३ असोज ।  अमेरिकी डलरको मूल्य उकालो लाग्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार एक डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै खरिददर १३१ रुपैयाँ ४२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । विश्वको शक्तिशाली अर्थतन्त्र भएको अमेरिकाको मुद्रा पछिल्लो समय मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ ।

डलरको तुलनामा भारतीय मुद्रा पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर भएकाले भारतीय मुद्रा कमजोर बन्दा त्यसको सीधा असर नेपालको मुद्रामा पर्ने पूर्वगभर्नरहरु बताउँछन् ।

पछिल्लो समय अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको हो । यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना हुने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x