Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता आज

प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता आज

काठमाडौं, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रमका लागि तयारी पूरा भएको छ ।
आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।
प्रमुख आयुक्त थपलियाले विगतको अनुभव र प्रतिक्रियालाई आधार मानेर मतदानका दिन व्यवस्थितरुपमा सार्वजनिक सवारी साधन सञ्चालन गराउने सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यदल गठन गरिएकाले सो कार्यदलको सुझावबमोजिम कार्यान्वयन गरिने बताए ।

निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x