दसैंपछिको दोस्रो कारोबारमै नेप्सेमा राताम्मे
काठमाडौं, २४ असोज । दसैंपछिको दोस्रो कारोबारमै नेप्सेमा राताम्मे देखिएको छ । यस साताको दोस्रो दिन शेयर कारोबार ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक २७.१६ अंकले १८७१.२२ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३४ प्रतिशतले कम होे ।
आइतबारको तुलनामा यस दिन कारोबार रकममा भने केही सुधार आएको छ । सोमबार ९१ करोड १७ लाख ६७ हजार रुपैयाँको शेयर कारोबारमा ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता शेयर कारोबार भएको छ । आइतबार ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा २५ लाख ३३ हजार ३ सय ९३ कित्ता शेयर कारोबार भएको थियो ।
यस्तै १३ समूहका उपसूचक मध्ये यस दिन म्युचलफण्ड बाहेक १२ समूहका कम्पनीको कारोबार घटेको छ भने सबै भन्दा धेरै ११४.०५ अंकले र्निजीवन बिमा समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।