Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको इयुको प्राविधिक टोलीको प्रतिक्रिया

हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको इयुको प्राविधिक टोलीको प्रतिक्रिया

काठमाडौं, २६ असोज । नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली सङ्घ (इयु)को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको इयुअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा)को टोली नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

इयुको प्राविधिक टोलीले गरेको अडिटबारे जानकारी दिन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले इयुको प्राविधिक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनमा १० वर्षको अवधिमा ठूलो उपलब्धि ‘ग्रेट अचिभमेन्ट’ हासिल गरेको प्रतिक्रिया दिएको बताए ।

नेपालमा हालै तीन दिन अडिट गरेको इयुको प्रतिनिधिले प्राधिकरणसहित तारा एयर र समिट एयरको स्थलगत अध्ययन गरेको थियो । इयुले प्राधिकरण विभाजन गरेर सेवा प्रदायक र नियामक बनाउन कहिल्यै निर्देशन नदिएको बरु हवाई सुरक्षामा सुधार गर्न र आधुनिक प्रविधिको भरपुर उपयोग गर्न सुझाएको महानिर्देशक अधिकारीले बताए ।

संस्थागत सुधारलाई लिएर सुरक्षा सूचीमा राखेको विषय निराधार रहेको भन्दै सोही हल्लाले प्राधिकरणले १० वर्ष किनै कठिनाइ बेहार्नुपरेको उनको तर्क थियो । इयुको प्राविधिक टोलीले अक्टोबर आगामी कात्तिक ११ गते नेपाललाई प्रतिवेदन दिने जनाइएको छ । उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ । इयासाको टेक्निकल ओअप्रेसनको टिमले अक्टोबर यही असोज २० देखि २२ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो । तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो ।

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को अडिट प्रतिवेदनमा नेपालले हासिल गरेको ग्लोबल एभरेजभन्दा माथि अर्थात ७० दशमलव एक प्रतिशत हवाई सुरक्षा दर र हवाई दुर्घटना नियमावली मन्त्रिपरिषद्बाट पास भइसकेकोलगायत विषयलाई आधार मानेर अडिट गरेको बताइएको छ ।

उक्त प्राविधिक टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x