Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बर्नाङ्की, डायमन्ड र डिबबिगलाई यसकारण दिइयो अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

बर्नाङ्की, डायमन्ड र डिबबिगलाई यसकारण दिइयो अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं, २६ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुलाई दिइएको छ ।

सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले अमेरिकाको बु्रकिङ इन्ष्टिच्यूटका बेन एस। बर्नाङ्की, सिकागो विश्वविद्यालयका डगलास डब्ल्यू डायमन्ड र वाशिङट्न विश्वविद्यालयका फिलिप एच डिबबिगलाई सो पुरस्कार दिएको हो ।
बैंक तथा वित्तीय संकटबारे गरेको अनुसन्धानको लागि उनीहरुलाई सो पुरस्कार दिइएको छ । बैंकले अर्थतन्त्रमा खेलेको भूमिकाबारे हाम्रो बुझाइमा उल्लेख्य सुधार गर्न सघाएकोले पुरस्कार दिइएको समितिले बताएको छ । सन् १९३० को दशकको विश्वव्यापी महामन्दीको विश्लेषण गरेर सन् १९८३ मा लेखेको एउटा आलेखका लागि बर्नाङ्कीलाई पुरस्कार दिइएको बताइएको छ ।

यी तीन जनाको योगदानले वित्तीय संकटको निरुपण र समाधानको तरिकालाई सुधारेको बताइएको छ । तीनै जनाको अनुसन्धान बैैंकलाई असफल हुन नदिनु किन महत्वपूर्ण छ भन्ने खोजमा केन्द्रित छ । वित्तीय बजारको नियमन र वित्तीय संकटको अवस्थासँग ‘डिल’ गर्ने क्रममा बर्नाङ्की, डायमन्ड र डिबबिग विश्लेषणले व्यवहारिक महत्व उच्च रहेको पनि समितिले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x