वैंदेशिक लगानीलाई प्रोत्साहन नगरी पूँजीको विकास असम्भव

सरकारको नीति तथा कार्यक्रमवारे संघीय संसद अन्तरगत प्रतीनिधी सभाको बैठकमा छलफल शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्माले नीति तथा कार्यक्रममाथि छलफल गरियोस भनी प्रस्ताव टेबुल गर्नुभएपछि छलफल शुरु भएको हो । छलफलमा प्रमुख प्रतिपक्षि नेपाली काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवाले वहुमतको सरकार हुँदा पनि आर्थिक समृद्धि र सामाजिक परिवर्तनका लागि क्षमता अनुसार नीति तथा कार्यक्रमले जोखिम उठाउन नसकेको वताउनु भयो । नेता देउवाले भावनात्मक शव्दहरुले नीति जेलिएको भएपनि त्यसभित्र ठोस कार्यक्रम केही नभएको भनी टिप्पणी गर्नु भयो । नेता देउवाले वैदेशिक लगानीलाइ प्रोत्साहन नगरी पूँजीको विकास गर्न असम्भव हुने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा पुर्व सभामुख सांसद ओनसरी घर्तिले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको उल्ल्ख गर्दै त्यसलाइ बजेट मार्फत कार्यन्वयनमा ल्याउन माग गर्नु भयो ।
नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले ८ वटा संशोधन प्रस्ताब दर्ता गरेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने क्रममा प्रतिपक्षी दलका सांसद डाक्टर मिनेन्द्र रिजालले पाँच बर्षको लागि वहुमत पाएको सरकारले नीति तथा कार्यक्रमलाइ ५ बर्षिय दिर्घकालिन योजनासँग जोड्न नसकेको भनी आलोचना गर्नु भयो । संसोधनकर्ताहरु राजपाका अनील झा, प्रदिप यादव र फोरमका राम सहायप्रसाद यादव लगायतका सांसदहरुले शान्ति स्थिरता र आर्थिक समृद्धिको लागि संविधान संसोधन गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममा नआएको भनी विरोध गर्नुभयो । बैठकमा अधिकाँस सासंसदहरु नीति तथा कार्यक्रमको कार्यन्वयमा जोड दिएका थिए ।