निजामती कर्मचारी ट्रेडयुनियनद्धारा तलव बढाउन अर्थमन्त्रीलाई दवाव

काठमाडौ जेठ ९ ।  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका नेताहरुले मूख्य सचिबको तलव डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ  बनाउन माग गरेका छन् ।  अर्थमन्त्री युवराज खतिवडालाई भेटेर  युनियनका नेताहरुले १८ बुँदे माग पत्र बुझाउदै तलव तोकेरै बढाउन प्रस्ताव गरेका हुन ।

प्रस्तावमा अर्थमन्त्री खतिवडाले यो वर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने जवाफ दिएका छन् । ‘म पनि तपाईंहरुजस्तै कर्मचारी थिएँ, अहिले अर्थमन्त्री छु, त्यसैले तपाईंहरुको कुरा बुझ्छु, । तर ढुकुटीमा पैसा छैन । अहिलेको आर्थिक अवस्था बारे तपाईंहरुले बुझ्नुभएकै छ । तर सकेसम्म कर्मचारीको मागको सम्बोधन गर्ने प्रयास गर्नेछु भन्दै कर्मचारीलाइ तलव बढाउन नसक्ने जावाफ दिएको भेटमा सहभागी युनियनका नेताले बताए । गत बर्ष पनि तलव नबढेको भन्दै जसरी पनि कर्मचारीको तलव बढाउन उनिहरुको आग्रह थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *