Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै

काठमाडौं, २७ असोज ।  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ । न्युनतम १० करोड र त्यसभन्दा माथि राष्ट्र बैंकले तरलता प्रवाह गर्न लागेको सीमासम्म ५ करोडले भाग जाने रकममा आवेदन पेश गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ । सात दिन अवधिको उक्त रिपो ३ कात्तिकमा परिपक्व हुनेछ ।

चालु आर्थिक वर्षको सुरुवातबाट लगानीयोग्य स्रोतको अभाव खेपिरहेको बैंकहरुलाई यसअघि नै राष्ट्र बैंकले १ खर्ब रुपैयाँ रिपोमार्फत तरलता उपलब्ध गराइसकेको छ । यस बाहेक ‘आउटराइट पर्चेज’ मार्फत ४३ अर्ब ७० करोड बैंकिङ प्रणालमिा तरलता पठाएको छ ।

त्यस्तै बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत २० खर्ब ५० अर्ब ८६ करोड ३४ लाख र ओभरनाइट रिपोमार्फत ५५ अर्ब ५२ करोड ९५ लाख गरी हालसम्म कुल २२ खर्ब ५० अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको तरलता सुविधा उपयोग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *