नेप्से परिसूचक ४.१५ अंकले उकालो
काठमाडौं, २७ असोज । साताको पाँचौं दिन शेयर कारोबार उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने सुधार आएको छ । बिहीबार ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँको शेयर कारोबारमा २६ लाख ९८ हजार ३ सय ४७ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये १२ समूहका कम्पनीको कारोबार बढेको छ भने १ समूहका कम्पनीको कारोबार घटेको छ । आज हाइड्रोपावर समूहका कम्पनीको मात्रै २.३५ अंकले कारोबार घटेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।