Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

शाओमी सँग तिहार ‘१२ दिन १२ टिभी’

शाओमी सँग तिहार ‘१२ दिन १२ टिभी’

काठमाडौं, २ कात्तिक । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआइ टिभी फोरएप्रो बत्तिस जित्ने मौका पाउने छन् ।

यसै अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडा भन्छन्, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।’

अफर अन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले एमआइ टिभी फोरएप्रो बत्तिस टिभी जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युआर कोड स्क्यान वा ३१००७ मा आइएमइआइ नम्बर पठाउनु पर्नेछ ।

प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एम आइ टिभी फोरएप्रो बत्तिस टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x