Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

प्याराग्लाइडिङ उडान अध्ययन गर्न बनाइयो उच्चस्तरीय कमिटी

प्याराग्लाइडिङ उडान अध्ययन गर्न बनाइयो उच्चस्तरीय कमिटी

काठमाडौं, २ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडान सम्बन्धमा अध्ययन गर्न उच्चस्तरीय कमिटी गठन गरेको छ।

प्राधिकरण प्रवक्ता जगनाथ निरौलाका अनुसार प्राधिकरणमा उपमहानिर्देशक ह‌ंसराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय अध्ययन कमिटी गठन भएको छ।

प्याराग्लाइडिङ सम्बन्धित उडानलाई थप व्यवस्थित गर्दै कसरी सुरक्षित उडान गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय छानबीन समिति गठन गरिएको उनको भनाइ छ।

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकार प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो। खेलको क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भएको थियो।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो।

अध्ययन गर्न भन्दै प्राधिकरणले सेवा नै बन्द गर्ने निर्णय गरेको हो। सारङकोटबाट उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका थिए। प्राधिकरणको निर्णयमा व्यवसायीले विरोधसमेत गरेका थिए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x