बिरगंजका अकलेश कुमार पटेल बने “सेन्साईको ३ को झट्का” योजनाको पहिलो विजेता

काठमाडौं, २ कात्तिक । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दशैं तिहार लक्षित “सेन्साई ३ को झट्का” योजना अन्तर्गतको पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी अकलेश कुमार पटेल भएका छन।पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको हो
विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले बिरगंजको आर.के ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट-फ्रीज़र खरिद गरेका थिए।
सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ। योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ ।
यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अङ्ग्रेजीमा सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।