नेप्से परिसूचक १२.८१ अंकले ओरालो

काठमाडौं, २ कात्तिक । यस साताको चौंथो कारोबार दिन शेयर कारोबार ओरालो लागेको छ ।
बुधबार नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकममा भने गिरावट आएको छ ।
बुधबार ६४ करोड ३६ लाख ७ हजार रुपैयाँको शेयर कारोबारमा २१ लाख ५१ हजार ७ सय १४ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये ११ समूहका कम्पनीको कारोबार ओरालो लागेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै ५५.५१ अंकले र्निजीवन बिमा समूह तर्फका कम्पनीको कारोबार घटेको छ ।