Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

गरिमा बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्ट बीच सेवा छुट सम्झौता

गरिमा बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्ट बीच सेवा छुट सम्झौता

काठमाडौं, ४ कात्तिक । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंक बिच रेस्टुरेन्ट ले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता भएको छ ।

सो सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं को सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता मा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठ विच भएको बताइएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x