Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

६६.६ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाहित

६६.६ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाहित

काठमाडौं, १६ कात्तिक । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाहित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ भदौमसान्तमा घरजग्गा र चालू सम्पत्ति धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.९ प्रतिशत र १२.२ प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो २ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ०.७ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x