Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

यूएईको रोजगारीमा नेपाली श्रमिक भर्ना प्रक्रिया निःशुल्क हुने

यूएईको रोजगारीमा नेपाली श्रमिक भर्ना प्रक्रिया निःशुल्क हुने

काठमाडौं, १६ कात्तिक । संयुक्त अरब इमिरेट्स (यूएई) सरकार विभिन्न पाँच क्षेत्रमा नेपाली श्रमिकको भर्ना प्रक्रिया निःशुल्क गर्ने भएको छ । नेपाल र यूएईबीच मंगलवार भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाल सरकारले राखेको सो प्रस्तावमा यूएई सरकार सहमत भएको बताइएको छ ।

यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्ण रूपमा निःशुल्क गर्ने विषयक छलफलमा यूएई सहमत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x