Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडिई नेपालसँग सहकार्य गर्ने

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडिई नेपालसँग सहकार्य गर्ने

काठमाडौं, १० जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कास्की, स्याङ्गजा र पाल्पाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडिई नेपालसँग सहकार्य गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडिई नेपालका कन्ट्री डाइरेक्टर डा. लुकी क्यलाभिटोले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम आइडिईले सो जिल्लाका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्ने छ । यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *