आइएमई जनरल इन्स्योरेन्स ओम हस्पिटल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं, १० जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच नगद रहित उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ओम हस्पिटलका प्रवन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म हस्पिटलबाट नगद रहित उपचार सेवा पाउने छन् । सो कार्यक्रममा नायव महाप्रबन्धक थापाले यो सम्झौताले नगद रहित उपचार सेवा लिन थप उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *