सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, १० जेठ । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १०.०५ अंकले घटेर १३१८.५२ बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन देखि नै घट्न थालेको बजार आज सम्म आइपुग्दा २१ अंकले तल झरेको छ ।

आज कारोबारमा आएका मध्ये व्यापार समूहको परिसूचक २.९६ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ११.४१ अंकले बढेपनि बाँकी अन्य सबै समूहको परिसूचक घटेको छ । त्यसमा पनि सबैभन्दा बढी बीमा समूहको परिसूचक ६२ अंकले घटेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ३३.९८, हाइड्रोपावर १४.५३, होटल समूह ४.९३ अंकले घटेको छ। आज १ सय ६१ कम्पनीको ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *