Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषिको आधुनिकरणमा इजारायल सरकारको सहयोग रहने

कृषिको आधुनिकरणमा इजारायल सरकारको सहयोग रहने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कृषिप्रधान देशको आर्थिक समृद्धि हासिल गर्न यस क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने बताउनुभएको हो । यसका लागि इजारायल सरकारको सहयोग रहने राजदुत ओमरको भनाइ थियो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको कृषिको आधुनिकीकरण र पर्यटन विकासका लागि दुई देशबीच बलियो सहकार्यमा जोड दिनुभयो । द्विपक्षीय व्यापारलाई अभिवृद्धि गर्न, व्यापार र वाणिज्यमा हुने नवीन कुराको आदानप्रदान गर्न, दुई देशको व्यापार र लगानीको क्षेत्रमा संयुक्त अनुसन्धान र प्रकाशनको काम अगाडि बढाउन, आधुनिक प्रविधिको आदानप्रदान अवश्यक रहेको श्रेष्ठले बताउनु भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x