Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताका किकुता बीच भेट, नेपाल र जापानको निर्वाचन प्रणालीको छलफल

निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताका किकुता बीच भेट, नेपाल र जापानको निर्वाचन प्रणालीको छलफल

काठमाडौं, १६ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत युताका किकुताले आज निर्वाचन आयोगमा शिष्टाचार भेटघाट गरेका छन् ।

उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्न समेत राजदूत किकुतालाई आमन्त्रण गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x