सेञ्चुरी बैंक र दराज केयमु बीच छुट सम्झौता

काठमाडौं, १७ कात्तिक । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

यो योजना कार्तिक २५ गते देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा. लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु. २ हजार ५ सय सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु. ३ हजार सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्ने बताइएको छ ।

सेञ्चुरी बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *