Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

नेपाल बैंक र दराज बीच छुट सम्झौता

नेपाल बैंक र दराज बीच छुट सम्झौता

काठमाडौं, १८ कात्तिक । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमु बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसरमा दराजको ११.११ अभियान छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो योजना यहि कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार नेपाल बंैकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । यहि कार्तिक ३० गते आउदै गरेको आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउने क्रममा डिजिटल बैंकिङ् सेवाहरुमा आकर्षक छुटका योजनाहरु ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x