Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट, आयोगद्वारा निर्वाचन तयारी विषयमा जानकारी

राष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट, आयोगद्वारा निर्वाचन तयारी विषयमा जानकारी

काठमडौं, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरुले बिहीबार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरुबारे जानकारी गराएका थिए ।

सो भेटका अवसरमा सम्माननीय राष्ट्रपतिबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी राख्ने छैन भनी विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा आयोगका माननीय आयुक्तहरु रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x