राष्ट्रपतिद्वारा मुक्तिनाथमा भगवान बुद्धको मूर्ति अनावरण
काठमडौं, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित ३५ फिट अग्लो भगवान् गौतमबुद्धको मूर्ति अनावरण गर्नुभएको छ । साथै राष्ट्रपतिले सोही स्थानमा निर्माण गरिने भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ ।