Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईबिएल एस क्यापिटलको १० औं वार्षिक साधारण सभा सम्पन्न

एनआईबिएल एस क्यापिटलको १० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १८ कात्तिक । एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा कार्तिक १८ गते शुक्रबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाण्डौमा सम्पन्न भएको छ ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै उक्त साधारण सभामा प्रस्तुत बिशेष प्रस्ताव अन्र्तगत मुख्य कम्पनी श्री नेपाल इन्भेष्टमेण्ट बंैक लि. हाल गाभ्नेरगाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बंैक लि. अन्य मर्चेन्ट बंंैकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बंैक तथा वित्तीय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने र गाभिने तथा अन्य मर्चेन्ट बंंैकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने र गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तथा संचालक समितिको भत्ता वृद्घि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

क्यापिटलको एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी तुल जंग पाण्डेले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए ।

यस्तै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष ब्यवस्थापकको अनुमति पत्र समेत प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष संचालन गर्ने समेत जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x