Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

राष्ट्र बैंकको ब्याजदर वृद्धिविरुद्ध आन्दोलनमा उत्रिए व्यवसायी

राष्ट्र बैंकको ब्याजदर वृद्धिविरुद्ध आन्दोलनमा उत्रिए व्यवसायी

काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा शुक्रबार व्यवसायिक संगठनका नेताहरुले मौन प्रदर्शन गर्दै उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन् ।

अर्थतन्त्र मन्दीमा गइरहेका बेला राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंक ब्याज माथि र्पुयाएपछि व्यवसायी आन्दोलित भएका हुन् । वर्ष दिनमै ब्याज दर दोब्बर जतिले वृद्धि भए पछि व्यवसायी आन्दोलित भएको बताएका छन् ।

महासंघका उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघई, दिनेश श्रेष्ठलगायत आन्दोलनमा सहभागी भएका थिए । व्यापार व्यवसाय छाडेर व्यवसायीहरु पर्चारपम्प्लेट बोकेर मौन धर्ना बसेका थिए । पर्चा र पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर’ जस्ता नारा समावेस गरीएको छ । सो विरोध कार्यक्रममा न्युरोड, महाबौद्ध, होटल संघ लगायत विभिन्न संघहरुको सहभागिता थियो ।

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएको थियो । बैंकहरुको ब्याज माथि लैजान राष्ट्र बैंकले नीतिगत दरहरु चलाएको थियो । बैंकहरुले भद्र सहमतिमार्फत स्थिर राखेको ब्याज नीतिगत दर बढेपछि वृद्धि गरेका थिए । निक्षेपमा गरिएको वृद्धिले ऋणको ब्याज पनि महँगिएको छ ।

ब्यवसायीले ब्याजदर एकल दरमा ल्याउन माग गरेका छन् । अहिले माइतीघरबाहेक जिल्ला – जिल्लामा राष्ट्र बैंकविरुद्ध आन्दोलन सुरु भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x