Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मौद्रीक नीतिको तेश्रो त्रैमासिक समीक्षा, स्प्रेड दर ५.४६ प्रतिशत

मौद्रीक नीतिको तेश्रो त्रैमासिक समीक्षा, स्प्रेड दर ५.४६ प्रतिशत

काठमाडौं, १० जेठ । वाणिज्य बैंकहरुको कर्जा र निक्षेपबीचको अन्तरको भारित औसत ५ दशमलव ४६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रीक नीतिको तेश्रो त्रैमासिक समीक्षा प्रस्तुत गर्दै कर्जा र निक्षेपमा भारित औसत ब्याजदर अन्तर ५ प्रतिशत नाघेको उल्लेख गरेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात् त्रेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा १५ प्रतिशतले वृद्धि भई ३६ अर्ब २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।
मौद्रीक नीतिको समीक्षाले बैंकहरुले स्प्रेड दर बढाएर नाफा वृद्धि गरेको उल्लेख गरेको छ । चालु आर्थिक् वर्षको प्रथम नौ महिनामा कृषि विकास बैंक, नेपाल एसबीआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्प्रेड ५ प्रतिशतको नियामकीय सीमा भन्दा माथि गएको छ । नेपाल राष्ट्र बैंकले स्प्रेड तोकिएको सीमाभन्दा माथि लैजाने बैंकहरुलाई कारबाही गरिने जनाएको छ । स्प्रेड तोकिएको ५ प्रतिशत सीमाभन्दा माथि राख्ने बैंकहरुले नियामकले स्वीकृत गरेको ५ प्रतिशतभन्दा बढी स्प्रेडबाट आर्जन भएको मुनाफा रिजर्भमा राख्नुपर्ने तथा यस्तो मुनाफाबाट लाभांश वितरण गर्न नपाइने व्यवस्था गरेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले कर्जामा लिने भारित औसत ब्याजदर १२ दशमलव १० प्रतिशत छ भने निक्षेपमा दिने ब्याजदर ६ दशमलव ६४ प्रतिशत छ । बैंकहरुले कुल निक्षेपको ८० प्रतिशत सम्म कर्जा लगानी गर्न पाउँछन् । बाँकी २० मध्ये १५ प्रतिशतजति सरकारको ट्रेजरी बिल्समा लगानी हुन्छ । ट्रेजरी विल्समा लगानी गर्दा राष्ट्र बैंकले उनीहरुलाई ४ दशमलव ९८ प्रतिशत ब्याज दिन्छ । बैंकहरुले निक्षेपमा दिने ब्याजदरभन्दा राष्ट्र बैंकले ट्रेजरी विल्समा दिने ब्याजदर कम भएकाले उक्त असमानतालाई समेत समायोजन गरी भारित ब्याजदर अन्तर (स्प्रेड रेट) गणना हुन्छ ।
बैंकहरुले ब्याजदर अन्तर उच्च राखेर नाफा आर्जन गर्न नपाउन भनेर केन्द्रीय बैंकले कर्जा र निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x