Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

राष्ट्र बैंकको ब्याज दरवृद्धि विरुद्ध व्यवसायीको आन्दोलन

राष्ट्र बैंकको ब्याज दरवृद्धि विरुद्ध व्यवसायीको आन्दोलन

काठमाडौं, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ र महासंघसम्बद्ध व्यावसायिक संस्थाले प्रदेश १ मा मङ्गलबारदेखि बैंकको चर्को ब्याजविरूद्ध विधिवत् आन्दोलन सुरु गरेका छन्।

महासंघको प्रदेश १ ले कात्तिक १८ गते गरेको निर्णय र परिपत्रअनुसार व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। मङ्गलबार प्रदेश भरिका ३७ वटै जिल्लानगर उद्योगवाणिज्य सङ्घ र १४ वटा वस्तुगत सङ्घले आफ्नो जिल्लाका जिल्ला प्रशासन कार्यालय र बैङ्कमा ज्ञापनपत्र बुझाएका छन्।

महासंघको प्रदेश १ का तर्फबाट मङ्गलबार मोरङ जिल्ला प्रशासन कार्यालय र २७ वटै वाणिज्य बैङ्कका प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।

महासंघको प्रदेश १ का अध्यक्ष टीकाराज  ढकालले नेपाल राष्ट्र बैङ्कले कात्तिक १ देखि लागु हुने गरी जारी गरेको चालु पुँजी कर्जा मार्गनिर्देशन हाल समय र परिस्थिति सुहाउँदो नभएकाले यसको स्थगन गर्न आग्रह गरेका छन्। ढकालले बैङ्कमा स्प्रेड रेटलाई ४ दशमलव ४ प्रतिशतभन्दा तल राख्नुपर्ने बताए।

‘बाह्य व्यावसायिक वातावरणमा जेजस्ता नकारात्मक असर परे पनि बैङ्किङ क्षेत्रको नाफामा विस्तार भएकै छ र निक्षेपको ब्याजदरमा भएको वृद्धिका अनुपातमा कर्जाको ब्याज धेरै नै बढाइएको देखिन्छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘किनभने स्प्रेड रेटमा नै ६० आधारविन्दुको वृद्धि देखिन्छ।

यसरी बैङ्किङ क्षेत्रले अहिलेको विद्यमान परिस्थितिलाई कर्जाको ब्याजदर बढाउने राम्रो मौकाका रूपमा प्रयोग गरेको पाइएको छ।’

ज्ञापनपत्रमा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम हुनुपर्ने र कोभिडबाट अति प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा उपलब्ध गराइनु पर्ने माग गरिएको छ।

त्यस्तै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसी माथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलर माथिका स्मार्टफोनको आयातमा लगाएको रोक लामो समय कायम नराख्न ज्ञापनपत्रमा भनिएको छ।

महासंघले सरकारको नीति तथा कार्यक्रममा समावेश भइसकेको कन्ट्री रेटिङ तत्काल गरिनुपर्ने माग गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x