Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

नेप्से सामान्य अंकले ओरालो

नेप्से सामान्य अंकले ओरालो

काठमाडौं, २२ कात्तिक । साताको तेस्रो दिन शेयर कारोबार समान्य अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ बिन्दुमा पुगेको हो ।

यस दिन कारोबार रकम समेत घटेको छ । मंगलबार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा २७ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये ९ समूहका कम्पनीको कारोबार बढेको छ भने ४ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ९३.६१ अंकले जीवन बीमा समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x