Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से ३९.१५ अंकले ओरालो

नेप्से ३९.१५ अंकले ओरालो

काठमाडौं, २३ कात्तिक । साताको चौंथो दिन शेयर कारोबार ३९.१५ अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा पुगेको हो ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा २७ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर कारोबार भएको थियो भने आज बुधबार कारोबार रकम बढेर १ अर्ब ४० करोड ३७ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार हुँदा ३६ लाख ९७ हजार ७ सय २३ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै १९९.९५ अंकले जीवन बीमा समूह तर्फका कम्पनीको कारोबार घटेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x