Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रसारणलाइन कार्यान्वयनबारे एमसीसीको उर्जा मन्त्रालयसँग छलफल

प्रसारणलाइन कार्यान्वयनबारे एमसीसीको उर्जा मन्त्रालयसँग छलफल

काठमाडौं, ११ जेठ । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्विपक्षिय हित र चांसोका विषयमा छलफल भएको उर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताउनुभएको छ । मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए ।
मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसिसीसंग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी रहेको जानकारी दिए । उनले त्यसका लागी सरकारको तर्फबाट आवश्यक सबै सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।
‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो, यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौ,’ उर्जा मन्त्रीलाई उधृत गर्दै उर्जा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
छलफलमा मन्त्री पुनले एमसीसीको प्रसारणलाइनमा अउन लागेको सहयोगलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको बताए । नेपालमा राजनितिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीको लागी वातावरण बनाईदिन समेत आग्रह गरे ।
मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पांच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफु जानकार रहेको भन्दै पुर्व तयारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने दोहोर्याए ।
एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी उपाध्यक्ष जोनाथन ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सुचकका रुपमा भएको बताए । उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राखेका थिए । ‘पाँच वर्षभित्र यो परियोजना पुरा हुनैपर्ने हाम्रो नियम छ,त्यसका लागी तयारीको चरण अझै केही समय बाकी रहेकाले त्यो अवधीभित्र सबै तयारी पुरा भयो भने परियोजना निर्माणमा सहयोग पुग्छ,’ ब्रुक्सलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
एमसिसी नेपाल कमप्याक्ट परियोजनअन्र्तगत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० करोड अमेरिकी डलर बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
एमसीसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ । एमसीसीअन्र्तगत रातोमाटे–दमौली,दमौली–वुटवल,वुटवल–हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केभीको प्रशारण लाइन निर्माण हुनेछ । त्यसैगरी वुटवलदेखी सुनौलीसम्म अन्र्तदेशिय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x