Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

‘ट्प १० बिज्नेस  लिडर्स इन साउथ एसिया’ को सुचिमा घिमिरे 

‘ट्प १० बिज्नेस  लिडर्स इन साउथ एसिया’ को सुचिमा घिमिरे 

काठमाडौं, २५ कात्तिक ।  नेपाल कफि कम्पनीका सीइओ अभिशेक घिमिरे  दक्षिण एसियाका शीर्ष दस उद्यमीहरु मध्ये एकको रूपमा सम्मानित भएका  छन् ।’सिएओ इन्साएट एसिया २०२२’को  नोवेम्बर अंकमा घिमिरेलाई ‘ट्प १० बिज्नेस  लिडर्स इन साउथ एसिया -२०२२’ को सुचिमा राखी सम्मानित गरिएको छ  ।  यो सम्मान दक्षिण एसियाका उच्च स्तरका पेशेवर र विचारशील व्यवसायीहरुलाई  प्रदान गरिएको छ। 

सन् १९८३ मा स्थापित नेपाल कफि कम्पनी, कफि उद्योगको एक अग्रणी कम्पनी हो । कम्पनीले सुरु देखी नै आफ्नो दिगोपन र महिला सशक्तिकरणलाई प्रोत्सन दिदै आएको छ | लगभ ३९ बर्ष को अवधिमा कम्पनी ले झन्डै ३०,००० किसान हरु सँग काम गरिसकेको छ । 

१० वर्ष अमेरिकामा काम गरी व्यावसायिक अनुभवका साथ नेपाल फर्केका घिमिरेले आफ्नो नेतृत्वमा जापान, कोरिया, युएइ  र अमेरिकाजस्ता देशमा नेपाली कफि निर्यात गर्न सफल भएका छन् । वातावरणको ख्याल राख्दै उच्च गुणस्तरको कफी उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले  अहिले  बजार विस्तार गरी  नेपाली कफीलाई विश्वव्यापी समुदायमा परिचय गराउन केन्द्रित रहेको घिमिरेले बताउछन्

अभिषेक शिक्षाद्वारा एक प्रमाणित सार्वजनिक लेखापाल हुन् र ट्रीनिटी युनिभर्सिटीबाट एम बी ए गरेका छन् । बिदेश पढ्न गएका युवाहरु विदेशमै पलाएन हुँदैगइरहेको अवस्थाम घिमिरे जस्ता युवा उद्यमीहरुले नेपालमै बसेर केहि गर्न सकिने उदाहरण बनिरहेका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x