Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तनहुँ जलविद्युत् आयोजनाको २५ वटा टावर निर्माण

तनहुँ, २६ कात्तिक । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीनअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य धमाधम भइरहेको छ ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले हालसम्म २५ वटा टावर सम्पन्न गरेको हो । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि टावर निर्माण निरन्तर चलिरहेको आयोजनाले जनाएको छ ।

त्यसैगरी हालसम्म ४८ वटा टावरको फाउण्डेशनको कार्य सम्पन्न गरिसकेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिए । टावर निर्माण गर्ने स्थानमा वनका केही रुख काट्नुपर्ने भएकाले बीचमा केही समय निर्माण कार्य रोकिन पुगेको थियो । आयोजनाले वन मन्त्रालयमा परिपत्र पठाइसकेकाले अब पुनः काम सञ्चालन हुने उनले बताए ।

आयोजनाको निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । उक्त प्याकेजको कामको जिम्मा भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फका भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको उनले बताए । एक हजार चार सय ५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले हालसम्म तीन सय ५० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x